४ मंसिर २०८३, शुक्रबार

सत्तारुढ दल र सरकारका क्रियाकलापबाट रिसायो एमाले, बालकोटमा भए यस्ता निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । एमालेले २०७४ मंसिरअघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

भक्तपुरस्थित अध्यक्ष केपी ओलीको निवासमा मंगलबार बसेको स्थायी समिति बैठकले निर्वाचनका लागि आवश्यक कानूनी र राजनीतिक वातावरण मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘यो सरकार चुनावबाट भाग्न खोजेको अनुभूति नेकपा (एमाले)ले गरेको छ । संविधान कार्यान्वन गर्नका लागि चुनाव अनिर्वाय छ । मिति छिटो घोषणा गर्नुपर्छ ।’

एमालेले यही फागुन २१ गतेदेखि आयोजना गर्न लागिएको मेची–महाकाली राष्ट्रिय अभियानको कार्यक्रम अनुमोदन पनि गरेको छ । कार्यक्रमको उद्घाटन फागुन २१ गते झापाको काँकडभिट्टामा हुने तय भएको छ । अभियान सफल पार्न बैठकले पार्टीका कार्यकर्ता, मातहत कमिटी, जनसंगठनहरू र आम समुदायलाई अपील गरेको छ ।

फागुन १४ गते क्याम्पसहरूमा आयोजना हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अवरोध पुगाउन भएका तालाबन्दीहरूप्रति बैठकको गम्भीर ध्यान गएको सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘मुलुकमा कुनै पनि खालका निर्वाचन हुन नदिने षडयन्त्रस्वरुप यस्ता क्रियाकलापहरु भएको ठहर गर्दै पार्टीले ती निर्वाचनहरुका लागि सहज वातावरण बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न समेत ध्यानाकर्षण गराएको छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी एमालेको स्थायी समिति बैठकले पोलिटब्युरो बैठकका एजेन्डाहरू तय गरेको छ । जसमा अध्यक्षको प्रतिवेदन, समसामयिक राजनीतिक परिस्थिति, मेची–महाकाली अभियानलगायतका रहेका छन् । एमालेको पोलिटब्युरोको बैठक बुधबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ ।