काठमाडौं, ३ फागुन । कानूनमन्त्री अजयशंकर नायकले सरकारले आगामी शुक्रबारसम्म स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री नायकले भने, ‘आगामी शुक्रबारको सेरोफेरोमा स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ । सरकारले तयारी गरिरहेको छ ।’
सरकारले चुनावको मिति घोषणा नगरेको भन्दै आलोचना भइरहेका बेला कानूनमन्त्री नायकले शुक्रबारसम्म निर्वाचनको मिति तोक्ने जनाएका हुन् ।
मन्त्री नायकले मधेसी मोर्चासँग भएको सहमतिअनुसार संविधान संशोधनको प्रस्ताव पनि पारित गर्ने बताए । उनले भने, ‘मधेसी मोर्चासँग पनि सहमति लिएर सरकार अगाडि बढ्छ । चुनावको मिति घोषणा गर्छ ।’











प्रतिक्रिया