४ मंसिर २०८३, शुक्रबार

नयाँ पार्टी प्रवेश गर्दा पुरानो पार्टी सम्झिन गंगाले, ‘मैले कसैलाई धोका दिएको छैन’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । भानुराम थारु अध्यक्ष र गोपाल दहित सांसद रहेको थरुहट तराई पार्टी फुटाएर अलग बस्दै आएकी सांसद गंगा चौधरी बाबुराम भट्टराईको पार्टीमा प्रवेश गरेकी छिन् ।

पूर्व प्रधानमन्त्री भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा मंगलबार प्रवेश गरेकी हुन् । उनलाई संयोजक भट्टराईले पार्टीमा भित्र्याएका हुन् ।

माओवादी पार्टी विभाजन गरेर नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईसँग कुनै पनि सांसद थिएनन् । अब उनीसँग गंगा चौधरी एक्लि सांसद हुने छिन् । नयाँ शक्ति पार्टीको अबदेखि संसदमा उपस्थिति रहनेछ ।

गंगाले पार्टी प्रवेश गर्दै भनिन्, ‘हामी धेरै लड्यौं । हामी उत्पीडनमा परेका जाति, वर्ग, समुदायहरूको हक अधिकारको निम्ति संघर्ष गर्दै थरुहट तराई पार्टीबाट हामी दुईजना सांसद थियौं । मलाई त्यहाँ रहँदा के अनुभूति भइरहेको थियो भने थारुहरू र उत्पीडनमा परेका जाति, वर्ग, क्षेत्रको अधिकार केवल थरुहट तराई पार्टीले मात्रै उठाएर प्राप्ति हुन सक्दैन । हामी सम्पूर्ण जाति, वर्ग, समुदायहरू एकढिक्का भएर गएपछि मात्रै हाम्रो अधिकारहरू सुनिश्चित हुन्छ ।’

उनले अगाडि भनेकि छिन्, ‘मेरो उद्देश्यसँग मेल खाने गरेर जब नयाँ शक्ति पार्टी गठन भयो, त्योभन्दा पहिले पनि हाम्रो तीस दलीय गठबन्धनदेखि लिएर आदिवासी जनजातिहरूको मुक्तिको लागि मोर्चा र गठबन्धनहरू बन्दै हामी संघर्षमै थियौं । डा. केशवमान शाक्य पनि हुनुहुन्छ, हाम्रो पासाङ शेर्पा, मुक्ति प्रधान लगायत हामीसँगै थियौं त्यतिखेर पनि । त्यसपछि नयाँ शक्तिको जन्म भयो ।’

कतिपयले आफूलाई थरुहट तराई पार्टी नेपाललाई धोका दिएको भनेर लगाएको आरोपको उनले बचाउ गरेकी छिन् । ‘तर, मैले थरुहटलाई धोका दिएको छैन’, गंगाले दाबी गर्दै भनिन्, ‘उत्पीडनमा परेका वर्ग समुदायको अधिकारका निम्ति बीउ जोगाउने उद्देश्यसहित मैले नयाँ शक्ति पार्टीसँग एकीकरण गरेको छु । म अब नयाँ शक्ति नेपाल पार्टीबाट एक्लै सांसद छु । म अब तपाईंहरूकै सांसद हुँ ।’