४ मंसिर २०८३, शुक्रबार

चन्दविरुद्ध सिलवालको सर्वोच्चमा रिट, आफूलाई आइजीपी बनाउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । बरियताक्रममा तेस्रो नम्बरमा रहेका डिआइजी सिलवाललाई आइजीपीमा नियुक्त गरेको भन्दै पहिलो नम्बरमा रहेका नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले आइतबार आफूलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिनुपर्ने माग गरेका छन् । सिलवालको रिट सोमबारका लागि पेशीमा चढेको छ भने सोमबार सुनुवाई हुनेछ ।

आइतबार विहानै बसेको मन्त्रिपरिषद बैठकले तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेको थियो ।

डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदाहुँदै रोलक्रम मिचेर तेस्रो बरियताका चन्दलाई आइजीपी नियुक्त गरिएकाले मन्त्रिपरिषदको निर्णय बदर गरी आफूलाई आइजी बनाउने आदेश जारी गरी पाउँ भन्ने माग गरिएको छ ।

बरियता क्रममा यसअघि चन्द डिआइजी सिलवाल र प्रकाश अर्यालपछि तेस्रो नम्बरमा थिए ।

यसैवीच आइतबारनै सर्वोच्च अदालतले जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय यथास्थितिमा राख्नू भनेर अन्तरिम आदेश दिइसकेको छ ।