१ कार्तिक २०८३, शनिबार

नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १ फागुन । यहाँस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी आज परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

कुन प्रयोजनको रकम कसरी कहिले गायब भयो, भन्ने विषयमा यर्थात जानकारी हुन सकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ ।

बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् । रासस