३ कार्तिक २०८३, मंगलबार

नेपालगञ्जलाई पश्चिम क्षेत्रकै औद्योगिक नगर बनाउछौंः अर्थमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, २८ माघ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपालगन्जलाई पश्चिम क्षेत्रकै औद्योगिक नगरका रुपमा विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।

अर्थमन्त्री महराको स्वागतका लागि उद्योग बाणिज्य संघ नेपालगञ्जले आफ्नै सभाहलमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालगन्ज मध्य र सुदूरपश्चिमको औद्योगिक नगरीमात्र नभएर व्यवसायीक र राजनीतिक नगरी भएकाले त्यही अनुसारको भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपालगन्जमा सिटी हल निर्माणका लागि सरकारले पहल थाल्ने अर्थमन्त्री महराको प्रतिबद्धता रहेको छ । कार्यक्रममा बोल्दै नेपालगन्ज पश्चिम नेपालकै औद्योगित विस्तार तथा पर्यटनको हव भएको उहाँले बताउनुभयो । पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जलाई औद्योगिक विस्तारमा टेवा पुर्याउने उहाँले बताउनुभयो ।

त्यसक्रममा नेपालगन्ज–भारत नाका खुल्ला भएको कारण नेपालगन्जको व्यवसाय फस्टाउन नसकेको व्यवसायीहरुले गुनासो गरेका थिए । नेपालगन्जलाई औद्योगिक हव बनाउन राज्य तहबाट सहयोग नभएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो ।

पछिल्लो समयमा भन्सारमा कडा गरेपनि तस्करहरुले छोटी भन्सार प्रंयोग गरि मालसमान भित्राउन लागेको उहाँले बताउनुभयो । नेपालगन्जलाई औद्योगिक विस्तार गर्न आम समुदायको उत्तिकै खाचो रहेको समेत उहाँले बताउनुभयो । नेपालगन्जलाई अन्तराष्ट्रिय विमान स्थल बनाए नेपालगन्जमा पर्यटनको बृद्धि हुने व्यपारीहरुको दावी छ ।