४ मंसिर २०८३, शुक्रबार

स्थानीय ‘तह’ नभए ‘निकाय’को चुनाव गर्नुपर्छ: नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८  माघ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जुनसुकै हालतमा भएपनि स्थानीय निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् ।

आज चितवनको भरतपुरमा आयोजित नेपाल शिक्षक संघको आठौं जिल्ला अधिबेशन उद्घाटनपछि बोल्दै उनले दलहरुकै कारण जनतामा राजनीतिप्रति वितिष्णा बढ्दै गएकाले समयमै निर्वाचन गर्न आवश्यक रहेको बताए ।

उनले तत्काल स्थानीय ‘तह’को नहुन सके ‘निकाय’को निर्वाचन भएपनि गर्नुपर्ने बताए । पछिल्लो समयमा राजनीतिप्रति जनतामा बढ्दै गएको वितिष्णाले सोचनीय बनाएको दलहरुलाई बताएका उनले बताए ।

दलहरुबीच एक आपसमा बढ्दै गएको अविश्वासले झन–झन राजनीतिक अस्तिरता बढेको र त्यसले गर्दा जनतामा नैरास्यता पैदा भएको उनले स्वीकारे । यस्तो परिस्थितिमा प्राप्त अधिकार समेत गुम्न सक्ने भएकाले सबै दलका शिर्ष नेताहरुलाई जिम्मेवार बन्न उनले आग्रह गरे ।

साथै उनले नजिकै आउन लागेको स्थानीय निर्वाचनमा पाटी तथा संगठनहरुलाई  बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।