
काठमाडौं, २७ माघ । कानुन व्यवसायीहरुको संस्था नेपाल बार एशोशियसनमा लफडा भएको छ ।
नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीलाई बिहीबार दुई सय कानुन व्यवसायीहरुले सामूहिक राजीनामा पत्र बुझाएका छन् । उच्च अदालतका न्यायाधिश नियुक्तप्रति असन्तुष्ट मधेशका कानुन व्यवसायीहरुले सामूहिक राजीनामा बुझाएका हुन् ।
८० न्यायाधीशको नियुक्ति संवैधानिक नभएको भन्दै आन्दोलन गरिरहेको बार एशोसिएसनले सर्वोच्च अदालतसँग सात बुँदे सम्झौता गरेपछि प्रदेश नम्बर दुई प्रदेशका वविलहरुले राजीनामा दिएका हुन् । उनीहरुले छुट्टै बार एशोसिएसन गठन गर्ने घोषणा पनि गरेका छन ।











प्रतिक्रिया