काठमाडौं, २७ माघ । काठमाडौंस्थित ठमेल बजार नेपालमा एक अन्तर्राष्ट्रिय पर्यटकीय नगरको रुपमा परिचित छ । नेपालमा आउने अधिकांश पर्यटकहरु ठमेलमा नपुगेका कमै होलान् । त्यहाँको पर्यटन विकासका लागि विगतदेखि नै ठमेल पर्यटन विकास परिषद् पनि सक्रिय छ । तर, आशातित रुपमा परिषद्ले काम गर्न नसकेको आरोप पनि लाग्दै आएको छ ।
परिषद्को विशेष साधारणसभाबाट हिजो (बुधबार) मात्रै समीर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । अब ठमेल बजारको विकास र नयाँ कार्य समितिको मूख्य भूमिका कस्तो हुन्छ भन्ने बारेमा परिषद्का सचिव दावाङ तामाङ्गसंग दैनिक नेपालले कुराकानी गरेको छः
समन्वयात्मक भूमिका
ठमेल बजार एक पर्यटकीय नगर हो । आफ्नो छुट्टै पहिचान बनाएको ठमेल बजारको विकासका लागि अझै केही गर्नुपर्छ भन्ने आवश्यकता औंल्याइएको छ । सबैलाई त्यो महशुस भएको कुरा पनि हो ।
आन्तरिक तथा बाह्य पर्यटकहरुको सुविधाका लागि अबको कार्य समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हामीलाई सरकारी र गैरसरकारी निकायको पनि साथ छ । त्यसलाई अझै मजबुद बनाउन हामी लागि पर्ने छौं । सबैसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने योजना छ । यसअघि परिषदलाई लाग्दै आएका आरोपहरुलाई केही हदसम्म भएपनि पूरा गर्ने प्रयास हामी गर्नेछौं ।
नेपाल पर्यटन बोर्डले पनि ठमेलको विकासका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
रात्रीकालिन व्यवसायमा जोड

सुरक्षा अभाव लगायतका कारण पछिल्लो समय ठमेल बजारको रात्रीकालिन व्यवसायमा निकै प्रभाव परेको छ । जसले गर्दा पर्यटकहरुलाई बढी समस्या भएको छ ।
अन्य बजार बन्द भएपनि चौविसै घण्टा खुला हुने ठमेलमा पछिल्लो समय रात्रीकालिन व्यवसायमा परेको असरले सबैभन्दा बढी विदेशी पर्यटकहरु समस्यामा छन् । रातिको समयमा होटल नपाउने समस्या छ ।
यस्तो समस्यालाई हल गर्न अब रात्रीकालिन व्यवसायमा जोड दिनुपर्छ भन्ने लागेको छ । त्यसको वातावरण मिलाउन सबैसंग सहकार्य गर्नेछौं । सुरक्षा व्यवस्था पनि मजबुद हुन आवश्यक छ । महानगरीय प्रहरी पनि ठमेलको रात्रीकालिन व्यवसाय सञ्चालनमा सुरक्षा दिने कुरामा सकारात्मक देखिएको छ ।
व्यवसायी, घरधनी र निजी क्षेत्रको सहभागिता
नेपालमा पर्यटन व्यवसायको सुरुवात ठमेलबाटै सुरु भएको मानिन्छ । ऐतिहासिक बनार भएकाले पनि यहाँको विकासका लागि विशेष ध्यान दिनुपर्ने देखिएको छ । यहाँका सम्बन्धित व्यवसायी, घरधनी तथा सम्बन्धित निजी क्षेत्रको सहभागिता आवश्यक हुन्छ ।
वास्तविक ठमेल बजार निर्माण गरी धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन सबैको सहकार्य हुनै पर्छ । अब यसका लागि हामीले सबैलाई सहभागिता गराउन पहल गर्नेछौं ।
सरकारको मात्रै मुख ताकेर मात्रै नहुँने भएकाले व्यवसायी, घरधनी र सम्बन्धित निजी क्षेत्रको सहभागिता आवश्यक हुन्छ । यसमा घरधनी र व्यवसायीबीचको सम्बन्धलाई बढी जोड दिनुपर्ने देखिएको छ । त्यसमा हामी लाग्नेछौं । ठमेलको विकास अब नयाँ र रचनात्मक तरिकाले अघि बढ्छ । यद्यपी यसमा सबैको साथ र सहयोग अनिवार्य हुन्छ ।
नयाँ कार्यसमितिमा को को छन् ?
समीर गुरुङको अध्यक्षतामा चयन भएको १५ सदस्यीय कार्यसमिति यसप्रकार छ ।

















प्रतिक्रिया