४ मंसिर २०८३, शुक्रबार

‘सुपका जनताको देउवासंग के आश ? गंगा देखे गंगादाश, जमुना देखे जमुनादाश!’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २६ माघ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवाको पछिल्लो राजनीनिक स्ट्याण्डलाई ‘गंगा देखे गंगादाश, जमुना देखे जमुनादाश’को संज्ञा दिएका छन् ।

नेता बस्नेतले जनसभाहरुमा आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्छाैं भनी भाषण गर्ने र यता मधेसी मोर्चा बोलाएर संविधान संशोधन नगरी निर्वाचन हुन्न भन्ने कांग्रेसको दोहोरो चरित्रको कारण मुलुक निकाश बिहिन बनेको र जनतामा निराशा बढेको आरोप लगाए ।

कञ्चनपुर उद्योग बाणिज्य संघले सदरमुकाम महेन्द्रनगरमा गरेको स्वागत कार्यक्रममा बोल्दै बस्नेतले दैजी छेलामा हजार बिघाहा जमिनमा औद्योगिक क्षेत्र स्थापना गर्न आफूले ७० लाख रकम बिनियोजन गरेको र पछि केपी ओली सरकारले ५ करोड रकम बिनियोजन गरेर ७ नं प्रदेशको ठूलो औद्योगिक क्षेत्रको रुपमा दैजी–छेला राष्ट्रिय गौरवको योजनामा परेको बताए ।

‘अघिल्लो सरकारले महाकाली नदीमा पूल र गड्डाचौकीदेखि दैजीसम्मको पूर्व पश्चिम ४ लेनको बाटो, दैजी जोगबुढा रणनीतिक मार्ग, दैजी बेल्डाडी हुँदै डोकेबजार हुलाकी सडक, कलुवापुर बेलौरी मदन आश्रित सडक, भीमदत्त नगरपालिकालाई स्मार्ट सिटी निर्माण गर्न ५० करोड गरी ५ अर्बभन्दा बढी रकम बिनियोजन गरेको छ,’ उनले भने– ‘बर्तमान सरकार अघिल्लो सरकारको लोकप्रिय बजेट कार्यान्वयन गर्न चासो दिएको छैन् । तर उक्त सडकहरुको शिलान्यास गर्न र आफूले योजना पारेको भ्रम छर्न मन्त्री रमेश लेखकलाई भ्याइनभ्याइ भएको छ ।’

एमालेका अर्का नेता एवं राष्ट्रिय उद्योगपति किसान श्रेष्ठसहित एमाले नेतृ निरु पालका पति मोहन पालको श्रद्धाजलि कार्यक्रममा सहभागी हुन आएका आएका बस्नेतलाई उद्योग वाणिज्य संघले महेन्द्रनगरमा स्वागत गरेको थियो ।

अध्यक्ष सुरेश रावलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व जिविस उपसभापति राजेन्द्र रावल, युवा नेता नर बहादुर धामी, युवा परिषद अध्यक्ष महेश पन्त, अखिल अध्यक्ष ओम बस्नेत समेतको उपस्थिति थियो । संघको तर्फबाट बरिष्ठ उपाध्यक्ष जंग बहादुर मल्लले स्वागत मन्तव्य राखेका थिए ।