– विजय थापा
वाशिंगटन डीसी, २६ माघ । गत फेब्रुअरी १ तारिख न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा युवा सम्मेलनकी अध्यक्ष नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको हिउँदे सम्मेलनमा सशक्त सम्बोधन गरेकी छन् ।
बार्षिक रुपमा दुई पटक आयोजना हुने युवा सम्मेलनमा विभिन्न राष्ट्रहरुबाट आएका युवा प्रतिनिधिहरुलाई उनले सम्बोधन गरेकी हुन् । युवाबाट कार्य सुरु हुने भनिएको उक्त १९ औ सत्रको मुख्य ध्येय दिगो विकासको लागि परस्पर निर्भता तथा विश्व ब्यापकता भन्ने रहेको थियो ।

राष्ट्र संघको इतिहासमै अमात्य युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल भएकी हुन् । जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै दोश्रो पटक पुनः उनले राष्ट्रसंघ हिउँदे यूवा सम्मेलनलाई सम्बोधन गरेकी हुन् ।
हेर्नुस् भिडियोः












प्रतिक्रिया