३ कार्तिक २०८३, मंगलबार

ठमेल पर्यटन विकास परिषदमा समीर गुरुङ निर्विरोध निर्वाचित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा समीर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा बुधबार विहान गरिँदैछ ।

ठमेलका पर्यटन व्यवसायी वकिल बमका अनुसार गुरुङको नेतृत्वमा परिषद्को विशेष कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा प्रकाशनरसिंह राणा र सचिवमा दावाङ तामाङ चयन भएका छन् ।

कार्यसमितिका नयाँ पदाधिकारीलाई भोलि विहान ८ बजे ठमेलस्थित वैशाली होटलमा सपथग्रहण गराइने छ ।

२६ वर्ष अगाडि स्थापना भएको परिषद्ले ठमेलका व्यवसायीको हकहित तथा सुरक्षाका लागि काम गर्दै आएको छ ।