बुटवल, २५ माघ । पाल्पा जिल्लाको दोभान गाविस ३ मा जिप दुर्घटना हुँदा ४ जनाको मुत्यु भएको छ । दुर्घटनामा १६ जना घाईते भएका छन् ।
दोभानबाट ज्यामुरे विवाह कार्यक्रम सकेर घर फर्कने क्रममा सोमबार राति साढे आठ बजे लु १ ज २६८९ नम्बरको जिप दोभान– ३ श्रीडाँडामा दुर्घटना भएको घाइतेहरूले बताएका छन् ।
दुर्घटनामा ४० वर्षीय जसवीर बकावल मगर, ३० वर्षीय मीनबहादुर थापा मगर, ४९ वर्षीय हरिबहादुर राना र २६ वर्षीय यमबहादुर रानाको मुत्यु भएको छ । मृतक सबै दोभान– २ देउरालीका हुन् ।
१६ जना घाईतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिप सडकदेखि ३०० मिटर तल खसेको छ । सडक ओरालो भएको तथा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रराम्भीक अनुमान गरेको छ ।











प्रतिक्रिया