४ मंसिर २०८३, शुक्रबार

राष्ट्रिय अखण्डतालाई बिथोल्न खोजे सरकार चुप बस्दैन: गृहमन्त्री निधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २४ माघ । उपप्रधान तथा गृहमन्त्री  विमलेन्द्र निधिले आन्दोलनको दुरूपयोग गरेर कसैले राष्ट्रिय अखण्डतालाई विथोल्न खोजेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको आज जनकपुरधाममा उद्घाटन गर्दै गृहमन्त्री निधिले हिमाल, पहाड र मधेस नेपालको हो भन्ने भावना विपरीत प्रतिगमनकारी, उग्रवादी र उग्रवामपन्थी शक्ति उद्यत रहेकाले सोप्रति सजग हुनु जरूरी भएको बताउनुभयो ।

उहाँले संविधान संशोधन गरी ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्नु सबैको जिम्मेवारी भएकाले आगामी वर्ष माघ ७ गतेसम्म स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरिसक्नुपर्ने औँल्याउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र रूद्र बाहिनीका बाहिनीपति बाबुराम पाण्डेले नेपालको भारतसँग जोडिएको सिमानामा हुने अवैध गतिविधि र आपराधिक कार्यविरूद्ध सशस्त्र प्रहरी सक्रिय रहेको बताउनुभयो । रासस