३ कार्तिक २०८३, मंगलबार

सबैको सहकार्यमा पुनर्निर्माणको अभियानलाई तिव्रता दिने निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको तेस्रो वैठक आज सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा बसेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं समितिका संयोजक प्रा.डा. गोविन्दराज पोखरेलको अध्यक्षतामा बसेको बैठकमा प्राधिरणले पुनर्निर्माणका लागी अहिलेसम्म हासिल गरेको उपलव्धी र आगामी चुनौतीका बिषयमा छलफल भएको थियो । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.पोखरेलले सबैको सहकार्यमा पुननिर्माणको अभियानलाई तिव्रता दिएर अघि बढ्ने बताउनुभयो ।

बैठकमा प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुसालले पुनर्निर्माणका लागी प्राधिकरणबाट भएका प्रमुख कार्यहरु, प्राधिकरणको बित्तिय अवस्था, पछिल्लो प्रगती र आगामी चुनौतीका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । सो अवसरमा उहाँले पुननिर्माणको काम चुनौतीपुर्ण भएपनि सबैको सहकार्यमा यो अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । खास गरि गुनासो व्यवस्थापन, जग्गाको समस्या, पुर्नवास, जोखिमयुक्त वस्ती स्थानान्तरण, भुकम्प प्रभावित जिल्लामा डकर्मी तालिम, प्राविधिक निरीक्षण, समयमै दोस्रो किस्ताको आवास अनुदान बितरण, जनशक्ति व्यवस्थापन, स्रोत परिचालन लगायतका बिषय पुननिर्माणका लागी चुनौतीपुर्ण रहेको भन्दै यस्ता समस्याहरुको समाना गर्न प्राधिकरण बिकास साझेदार संस्थाहरुसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।

बैठकमा संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपी, एशियाली विकास बैंकका नेपालस्थित प्रतिनिधी, बिश्व बैंक, भारतीय सरकारका प्रतिनिधी, चिनिया दुतावासका प्रतिनिधी, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधी, अर्थ मन्त्रालय, महालेखा नियन्त्रणको कार्यालय, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय लगायतका उच्च अधिकारीको सहभागिता थियो । बैठकमा प्राधिकरणका सचिव डा. संजय शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।