३० आश्विन २०८३, शुक्रबार

महिलाले आफ्नै श्रीमानको बलात्कार गरेपछि…

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । दक्षिण कोरियामा एक महिलालाई पतिको बलात्कार गरेको आरोप लागेको छ । ४० वर्षीया महिलाले पतिलाई २९ घण्टासम्म बन्धक बनाएर जबरजस्ती शारीरिक सम्बन्ध राखेको खुलासा भएको छ ।

उनका पतिलाई शारीरिक सम्बन्ध राख्न कुनै इच्छा नहुँदा नहँुदै पत्नीले त्यस्तो हर्कत गरेकी थिइन् । यो घटनामा तीं महिलामाथि बलात्कार मुद्दा लगाइएको छ । मे २०१३ मा सुप्रीम कोर्टले वैवाहिक बलात्कारलाई अपराध घोषित गरेको थियो ।

यो नै पहिलो मुद्दा बनेको छ, जुन पतिलाई बलात्कार गरेको आरापेमा पत्नीलाई मुद्दा लगाइएको छ । समाचार एजेन्सी यन्हेपका अनुसार महिलाले पतिद्वारा शारीरिक सम्बन्ध गर्न मन नलगाउने गरेका कारण यस्तो तरिका अपनाएको बताएकी छन् ।