४ मंसिर २०८३, शुक्रबार

सुन काण्डमा पक्राउ परेका एसएसपी खत्रीलाई ४ दिन थुनामा राख्न अनुमति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । जिल्ला अदालत काठमाडौंले साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्रीलाई ४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

आइतबार पक्राउ परेका एसएसपी खत्रीमाथि संगठित अपराध अन्तरगत मुद्दा चलाउन समय मागेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई सोमबार अदालतले अनुसन्धानका लागि ४ दिनको समय दिएको हो ।

सिआईबीले एसएसपी खत्रीलाई सोमबार दिउँसो अदालतमा उपस्थित गराउँदै अनुसन्धानका लागि २९ दिनको समय मागेको थियो । तर, अदालतले ४ दिनको समय दियो ।