काठमाडौं, २४ माघ । सुन तस्करीको अभियोगमा आइतबार पक्राउ परेका एसएसपी श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
संगठित अपराध ऐन अन्तर्गत उनीमाथि थप अनुसन्धानका लागि अनुमति लिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला अदालतमा खत्रीलाई उपस्थित गराएको हो ।
संगठित अपराध मुद्दामा अनुसन्धानका लागि अदालतले ६० दिनको समय दिने प्रावधान रहेको छ ।
सुन तस्करीमा संलग्नता देखिएपछि एसएसपी खत्रीलाई आइतबार सिआईबीले प्रहरी हेडक्वार्टर नक्शालबाटै पक्राउ गरेको थियो ।











प्रतिक्रिया