३० आश्विन २०८३, शुक्रबार

एकसय तीस पत्नीका पतिको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । १ सय ३० पत्नी भएका नाइजेरियाका नागरिक मोहम्मद बेला अबुबकरको मृत्यु भएको छ ।

उनको अन्त्येष्ठिमा थुप्रै मानिसहरूको सहभागिता रहेको थियो । अबुबकरको मृत्यु घरमै भएको जनाइएको छ ।

विवाह गर्नु आफ्नो पवित्र मिसन रहेको भन्दै उनले यसैका लागि आफूलाई धर्तीमा पठाइएको दाबी गर्ने गर्थे । धेरैभन्दा धेरै विवाह गर्नु पूजनीय काम भएको बताउने अबुबकरका २ सय ३ जना छोराछोरी छन् ।

अबुबकरले कुरानका विषयमा गलत व्याख्या गरेपछि नाइजेरियामा उनको विरोध पनि भएको थियो ।

अबुबकरले सन २००८ मा थुप्रै मुस्लिम धर्मगुरुको आलेचना समेत खेप्नु परेको थियो । अधिकांश धर्मगुरुले ४८ घण्टाभित्र आफ्ना ८६ श्रीमतीमध्ये ८४ लाई सम्बन्धविच्छेद गर्नुपर्ने माग राखेका थिए । १३० श्रीमतीमध्ये अझै पनि केही गर्भवती रहेका छन् । – एजेन्सी