भैरहवा, २३ माघ । चौधरी ग्रुपको उत्पादन सिजी सिमेन्टको गुणस्तर नेपालकै अब्बल भएको उत्पादकले दाबी गरेका छन् ।
सिजी सिमेन्टका नवलपरासी विक्रेताहरु तथा प्राविधिक एवं उपभोक्ताबीच आयोजित भेटघाट कार्यक्रममा सिजी सिमेन्ट प्रा.लि. दुम्कीबासका कम्पनी हेड अखिलेश सिंहले नेपालमा सबैभन्दा बढी उत्पादन गर्ने मिल सिजी सिमेन्ट गुणस्तरमा पनि अब्बल रहेको दाबी गरे ।
उनले भने “नेपालकै सबैभन्दा ठूलो प्रतिघण्टा १ सय टन उत्पादन क्षमता भएको मिल हाम्रो कम्पनीमा छ । जसरी मिल सबैभन्दा ठूलो छ त्यसरी नै गुणस्तरीयतामा पनि हामी अन्य सिमेन्ट भन्दा अब्बल रहेको दाबी गर्दछौँ ।”
मारुती विजनेस कन्सर्न प्रा.लि.को सहकार्यमा भएको उक्त कार्यक्रममा सो कन्सर्नका एमडी धिरज अग्रवालले सिजी सिमेन्ट गुणस्तरीयताको दृष्टिकोणले नेपालको नम्बर वान भएको दाबी गरे ।
दैनिक एक हजार टन ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको उक्त सिमेन्टका विक्रेता र उपभोक्ता बीच भएको अन्तरक्रिया कार्यक्रम फलदायी भएको कम्पनीका सेल्स म्यानेजर विष्णु प्रसाद भट्टराईले जानकारी दिए ।
















प्रतिक्रिया