४ मंसिर २०८३, शुक्रबार

निर्वाचनको मिति घोषणा गरे सरकारबाट समर्थन फिर्ता लिने यादवको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । मधेशी मोर्चाका नेता महेन्द्र यादवले संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गरेर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लबद्धारा शनिबार अयोजित सक्षात्कारमा यादवले भने, ‘संविधान संशोधन गर्ने भनेर नै यो सरकारलाई हामीले सहयोग गरेका हौं, तर हाम्रा मागहरु संविधान संशोधन मार्फत पूरा गर्नको लागि सरकार गम्भीर देखिएको छैन, आलटाल गरिरहेको छ ।’ यादवले संविधान संशोधन विनै गरिने कुनैपनि निर्वाचनमा मोर्चाले भाग नलिने बरु निर्वाचन नै हुन नदिने चेतावनी दिए । यद्यपी उनले आफूहरु निर्वाचनको विरोधी नभएको जिकिर गरे ।

उनले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयक अहिले लावारिस अवस्थामा रहेको समेत गुनासो पोखे । यादवले निर्वाचनको तयारीको लागि सत्तारुढ दल समेत गम्भिर नबनेको आरोप लगाए । उनले थपे, ‘मुखले एउटा कुरा गर्छन, व्यवहारले अर्को काम भैरहेको छ ।’

यादवले संशोधन प्रस्ताव पास नभए मुलुकमा अनिष्ट हुने समेत बताए । उनले थपे, ‘संशोधन विद्येयक पारित भएन भने मुलुकमा अनिष्ट हुन्छ, द्धन्द्ध हुन्छ, यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मा सरकारले लिनुपर्छ ।’

उनले देशमा अहिले एमालेको महेन्द्रीय राष्ट्रवाद र सीके राउतको जस्ता दुई खाले अतिवाद रहेको र ती दुवै देशको लागि घातक रहेको टिप्पणी गर्दै भने, ‘मुलुकलाई द्धन्द्धमा लैजाने प्रयास भैरहेको छ, दुवै अतिवादले मुलुकलाई हित गर्दैन्, द्धन्द्धतर्फ लैजान्छ ।’