४ मंसिर २०८३, शुक्रबार

सरकार र मधेसी मोर्चाबीच दुई विषयमा समझदारी, बालुवाटार बैठक सकारात्मक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । सरकार र मधेसी मोर्चाबीच दुई समझदारी भएको छ ।

शुक्रबार अपराह्न प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बालुवाटारमा बसेको बैठकमा परिमार्जनसहित संविधान संशोधन विद्येयक पारित गराउने र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सच्याउने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘संसदमा दर्ता भएको संविधान संशोधन विद्येयकलाई परिमार्जनसहित पारित गराउन पहल गर्ने समझदारी भएको छ,’ सचिवालयले भनेको छ– ‘त्यसैगरी स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनमा मधेशी मोर्चाका चासो र सरोकारलाई सम्बोधन गर्न प्रयत्न गर्ने प्रधानमन्त्रीले स्पष्ट गर्नुभएको छ ।’

बैठकमा प्रधानमन्त्रीसहित माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेताहरुको सहभागिता थियो ।