काठमाडौं, २१ माघ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले एमालेले राष्ट्रिय झण्डाको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।
कांग्रेस निकट लोकतान्त्रिक कलाकार संघको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै महरले राष्ट्रवादको नाममा एमालेले राष्ट्रिय झण्डाको अपमान गरेको बताए ।
‘केपी ओलीले मण्डले राष्ट्रवादको नारा लगाउँदैछन् । अहिले एमालेबाट राष्ट्रिय झण्डाको अपमान भएको छ । स्ववियु चुनावमा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको छ,’ उनले भने– ‘उतिबेला नेपाली कांग्रेसले क्रान्ति गर्दा मण्डलेहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै राष्ट्रवाद देखाएका थिए । अहिले एमाले र केपी ओलीले उहिलेको मण्डले राष्ट्रवाद देखाइरहेका छन् । यो गलत हो । विद्यार्थी साथीहरु सचेत हुनु जरुरी छ ।’
उनले विश्वमा कम्युनिज असफल भइसकेको तर्क गर्दै नेपालका कम्युनिस्टहरु म्याद गुज्रिएको औषधि जस्तै भएको टिप्पणी गरे ।
सीके राउत र केपी ओली विखण्डनकारीः जितजंग बस्नेत
कार्यक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सीके राउत र केपी ओलीले देशमा विखण्डनको भावना उत्पन्न गराइरहेको आरोप लगाए । ‘आज नेपाली कांग्रेसले पहाड मधेसलाई जोड्न संविधान संशोधनको प्रयत्न गरिरहेको छ । तर, एमालेका अध्यक्ष केपी ओली भड्काउँदैछन् । यो देशमा सीके राउत र केपी ओली विखण्डकारी हुन् । यिनीहरुलाई निरुत्साहित गर्नुपर्छ,’ उनले भने ।











प्रतिक्रिया