काठमाडौं, २१ माघ । देश विखण्डनको अभियानमा लागेका सीके राउतलाई हिजो मात्रै पक्राउ गरेको प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई पनि निगरानीमा राखेको रिपोर्ट सार्वजनिक भएको छ ।
प्रहरीले विप्वल माओबादी निकट कार्यकर्ताहरुको विवरण संकलन कार्य समेत सुरु गरेको छ । चन्द नेतृत्वको माओवादीले देशमा सशस्त्र संघर्ष गर्ने धम्की दिइरहेको जसले गर्दा आगामी निर्वाचनमा समेत प्रभाव पर्ने भएकाले उनीहरुमाथि निगरानी थालिएको प्रहरीले जनाएको छ ।
प्रहरी हेडक्वार्टरले विशेष गरी सीके राउतको प्रभाव रहेको भनिएका तराई मधेसमा रहेको मातहतका प्रहरी कार्यालयहरुलाई सीके राउत र विप्लव माओवादीका स्थानीय कमिटीहरुको नाम संकलन गरी पठाउन भनेको छ ।
यद्यपी प्रहरीले सिराहाका विभिन्न स्थानमा सिके राउतको उपस्थिति देखिए पनि विप्लव माओवादीको भने खासै उपस्थिति नदेखिएको प्रतिवेदन प्रहरी हेडक्वार्टरमा पठाएको छ ।
यस्तो छ रिपोर्ट:













प्रतिक्रिया