४ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीले अपराह्न ४ बजे मधेसी मोर्चासँग वार्ता गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चासँग वार्ता गर्ने भएका छन् ।

विहिबार मन्त्रिपरिषदबाट निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएका प्रधानमन्त्री प्रचण्डले अपराहृन ४ बजे बालुवाटारमा मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

स्थानीय चुनावको तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन दिइएपछि मोर्चा सरकारसँग असन्तुष्ट छ । साथै उसले संविधान संशोधन नभएसम्म चुनावमा सहभागी नहुने अडान लिँदै आएको छ ।

आज बस्ने बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।