काठमाडौं, २० माघ । नेकपा एमालेको पोलिटब्यूरो बैठक माघको २४ गते आह्वान गरिएको छ ।
एमालेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठकमा पार्टीले फागुन २१ गतेबाट सञ्चालन गर्न लागेको मेची महाकाली अभियानको तयारी, संगठन सुदृढिकरण, स्थानीय निकायको चुनाव, पार्टीले राष्ट्रियताको पक्षमा गर्दै आएको आन्दोनलका विषयमा छलफल हुनेछ ।
पार्टी मुख्यालयमा बस्ने बैठकले भावी रणनीति पनि तय गर्ने बताइएको छ ।












प्रतिक्रिया