एजेन्सी । जर्मनीमा एक ३३ वर्षीय भारतीय मूलकी महिलालाई फ्रैंकफर्ट हवाईअड्डामा प्रहरीबाटै अपमानजनक व्यवहार खेप्नुपरेको छ ।
प्रहरीले ‘ब्लाउज खोलेर स्तन देखाउ’ भनेर अपमान गरेको उनको आरोप छ । एयरपोर्टमा प्रहरी अधिकारीले उनी बच्चालाई स्तनपान गराइरहेकी छन् कि छैनन् भनेर जाँच गर्न आफ्नो स्तन निचोडेर देखाउन भनेका थिए ।
गायत्री बोस नामकी भारतीय मूलकी महिला सिंगापुरमा बस्छिन् । उनी एक ट्रान्सपोर्ट कम्पनीमा म्यानेजर पदमा कार्यरत छिन् । उनका दुई बच्चा छन्, एक तीन वर्षको छोरा र अर्काे ७ महिनाकी छोरी । गायत्रीले आफूमाथि भएको दुर्व्यवहारको उजुरी प्रहरी कार्यालयमा गराएको र यो दुर्व्यवहारले आफूले निकै अपमानित महसुस गरेको बताइन् ।
यता जर्मन प्रहरीले भने विमानस्थलमा चेकजाँचका क्रममा गायत्रीको साथबाट ब्रष्ट पम्प भेटिएको र त्यो बेला उनसँग बच्चा नहुँदा त्यसले प्रहरीलाई सशंकित बनाएपछि तलासी लिइएको बताएको छ । ‘यदि कुनै यात्रुसँग संदिग्ध चीज बरामद हुन्छ भने त्यो बेला यात्रु र उसको समानको तलासी लिइन्छ । र, स्तनपान गराउने महिलासँग जे चीज भेटियो त्यो ल्याउन प्रतिबन्ध छ ।’
विमानस्थलमा प्रहरीले गायत्रीलाई ‘तपाई स्तनपान गराइरहनुभएको छ ? बच्चा कहाँ छ ? भन्दै सोधपुछ गर्दै पासपोर्ट नियन्त्रणमा लिएका थिए । महिला प्रहरीले शरीरको खान तलासी लिएपछि पोसपोर्ट फिर्ता गर्दै यात्राका लागि अनुमति दिइएको थियो ।















प्रतिक्रिया