काठमाडौं, २० माघ । भारतले नेपाललाई दिने आर्थिक सहयोगमा बृद्धि गर्ने निर्णय गरेको छ ।
नेपालमा बढ्दो चिनियाँ प्रभाव, नेपालीहरुमा बढ्दो भारतविरोधी भावनाका बीच भारत सरकारले आफ्ना गतिविधि बढाउन सहयोग बढाएको हो ।
बुधबार भारतीय वित्तमन्त्री अरुण जेट्लीले आर्थिक वर्ष २०१७–१८ का लागि सार्वजनिक गरेको बजेटमा सहयोग बृद्धिको घोषणा गरिएको हो ।
वित्तमन्त्री जेट्लीले बुधबार संसदमा १४ हजार ७९८ करोडको बजेट सार्वजनिक गरेका थिए । जसमा वैदेशिक सहायताका लागि ६४ अर्ब ७९ करोड रकम छुट्याइएको छ ।
नेपाललाई ३ अर्ब ७५ करोड भारु अर्थात ६ अर्ब नेपाली रुपैयाँ विनियोजन गरिएको भारतीय सरकारी समाचार संस्था पीटीआईले जनाएको छ । यो गत वर्षको भन्दा ७५ करोड बढी हो भने भारतको कुल बैदेशिक सहायताको ५.७८ प्रतिशत हो ।











प्रतिक्रिया