रामेछाप, २० माघ । रामेछाप जिल्लामा अहिले सम्म ५ सय निजि घरहरु निर्माण भएको पुननिर्माण प्राधिकरण रामेछापले जनाएको छ ।
जिल्लामा अहिले करिव ३ हजारको हाराहारिमा घरहरु पुननिर्माणको चरणमा रहेको र २७ सय घरहरु दोस्रो किस्ताको लागि योग्य रहेको पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्यले बताए । रामेछापमा निजी आवास पुननिर्माणका लागि ४३ हजार ६ सय ९ लाभग्राहि रहेकोमा ४१ हजार ९८ लाभ ग्राहिहरुसँग सम्झौता भएको र ४१ हजार ८८ लाभग्राहिहरुलाइ पहिलो किस्ता अनुदान रकम उपलब्ध गराईएको प्राधिकरण प्रमुख आचार्यको भनाई छ ।
जसमा सरकारले ३९ हजार ८ सय २४ घरसँग सम्झौता गरेको छ भने जिल्लाको रामपूर गाविस र मन्थली नगरपालीकाको वडा नं. २ मा नेपाल रेडक्रस सोसाइटि र विजुलिकोट ३ र ६ मा मेडयरको सहयोगमा सामुदायिक विकास समाज मन्थली रामेछापले १२ सय ६४ निजी आवास पुननिर्माणको जिम्मा लिएको उनको भनाई छ ।
रामेछापमा १४ हजार ५ गुनासो दर्ता भएकोमा ७ हजार ९ सय ३६ गुनासो फर्छौट भएका छन् । ६ हजार गुनासो फर्छौट हुने तयारिमा रहेको र यसका लागी केन्द्रसँग समन्वय भैरहेको उनको भनाई छ ।















प्रतिक्रिया