काठमाडौं, २० माघ । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।
अपरान्ह चार बजे बस्ने बैठकमा स्थानीय निर्वाचनका विषयमा सरकारका तर्फबाट महत्वपूर्ण निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । सरकारले स्थानीय निर्वाचनका लागि तयारी गरेको एक मन्त्रीले बताए ।
उच्च स्रोतका अनुसार कांग्रेस र एमालेले स्थानीय निर्वाचनको मिति घोषणा गर्न दबाब दिँदै आएका छन् ।











प्रतिक्रिया