१ कार्तिक २०८३, शनिबार

खाना पकाउने ग्यासको मूल्य बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मुल्य बढाएको छ । निगमले प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएसँगै एक सिलिण्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पर्ने भएको छ ।

यसअघि प्रति सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ थियो । निगम व्यवस्थापनको बुधवार बसेको बैठकले ग्यासको मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरीमा पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको हो ।

यसअघि पनि निगमलार्इ ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २४ पैसा घाटा थियो ।