४ मंसिर २०८३, शुक्रबार

‘एमालेलाई सहमतिमा ल्याउन प्रधानमन्त्रीले अहोरात्र प्रयत्न गरिरहनुभएको छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १९ माघ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयनका लागि वर्तमान सरकार स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाले आज तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संविधान संशोधन र निर्वाचनको तयारी एकै साथ अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा जनताले सेवा पाउन सकेका छैनन्, स्थानीय निर्वाचनको विकल्प छैन ।”

वर्तमान सरकारको पहिलो प्राथमिकता नै संविधान कार्यान्वयन गर्दै स्थानीय तहको निर्वाचन गराउनु रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले निर्वाचनको तयारीकै लागि व्यवस्थापिका–संसद्ले निर्वाचनसम्बन्धी तीन वटा विधेयक पारित गरिसकेको बताउनुभयो । आन्दोलनरत मधेसी मोर्चा, आदिवासी जनजाति, थारु समुदायका भावनालाई समेटेर संविधान संशोधन गर्दै सरकार निर्वाचन गर्न लागिपरेको उहाँको भनाइ थियो ।

स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगले बुझाएको प्रतिवेदन मन्त्रिपषिद्मा पेस गरिसकिएको बताउँदै उहाँले मन्त्रिपरिषद्ले प्रतिवेदन पास गरेपछि गाउँपालिका र नगरपालिकाको निर्वाचन हुने प्रष्टयाउने बताउनुभयो । ।

संविधान कार्यान्वयनका लागि समयसीमा भित्रै निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले आन्दोलनरत मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई सहमतिमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले अहोरात्र प्रयत्न गरिरहेको बताउनुभयो ।