४ मंसिर २०८३, शुक्रबार

कांग्रेस–माओवादीलाई ओलीको व्यंग्य: प्रतिपक्षमा अलि बलियो मान्छे राख्नुपर्यो!

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार आफै प्रतिपक्ष पनि हुन खोजिरहेको आरोप लगाएका छन् । उनले प्रतिपक्षीमा अलि बलियो मान्छे ल्याएर राख्न सत्ता गठबन्धनलाई सुझाव समेत दिएका छन् ।

बुधबार पार्टी मुख्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले अब प्रमुख प्रतिपक्षी पनि किन चाहियो र ? भनी प्रश्न गरे ।

‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीले पाउनुपर्ने हो । तर, उहाँ (कांग्रेस–माओवादी केन्द्र)हरुले दिनुभएन् । अब प्रमुख प्रतिपक्षी पनि किन चाहियो र ?’ ओलीले प्रश्न गर्दै भने- ‘यति धेरै ब्याकिङ भएको, ताकत भएकाले प्रतिपक्षको आफै निर्णय गरेर लग्यो भैगो नि!’

सोमबार भएको सार्वजनिक लेखा समितिको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी सांसद डोरप्रसाद उपाध्याय सभापति निर्वाचित भएका छन् । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने प्रावधान रहेपनि वर्तमान सत्ता गठबन्धनले त्यसको उल्लंघन गरेपछि ओलीले व्यंग्य प्रहार गरेका हुन् ।