काठमाडौं, १९ माघ । यसपालिका २६ जनवरीको ६८औँ गणतन्त्र दिवसमा भारतीय राजदूत रञ्जित रेले उभिएर पाहुनाको स्वागत गरेनन् न त बिदाइ नै गरे ।
अनि ‘रअ’का प्रमुख विवेक जोहरी पनि समारोहमा देखा परेनन् । किन यस्तो भयो भने एक जना ३ हप्तापछि बिदाइको मुडमा छन् । भने अर्काचाहिँ रिपोर्टिङको लागि दिल्ली पुगेका छन् । अनि नयाँ राजदूतमा प्रस्तावित छन्, अझै दक्षिणतिरका मान्छे । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
यस्ता मान्छेको दृष्टिकोण बिहार र उत्तर प्रदेशको भन्दा अलि फरक हुन्छ । नेपालसँग यी दुई प्रदेशका मान्छेको रोटी–बेटीको सम्बन्ध छ । मधेसी दललाई यही कुराको पिरलो छ– ‘अब आउनेले हामीलाई कसरी बुझ्ने हुन् । कस्तो व्यवहार गर्ने हुन् ।’
तर, विदेशसचिव एस.जयशंकरको कार्यकाल एक वर्ष थपिएको र राजदूत फेरिँदैमा नीतिगत भिन्नता नहुने भनेर तिनलाई थामथुम पार्ने काम यसबीच भएको छ । मधेसी मोर्चा एकमतसाथ संविधान संशोधनको मामिलामा प्रस्तुत हुन नसक्नुको चुरो कुरा पनि अर्कै छ । उपेन्द्र यादव विशुद्ध मधेसी माग उठाउनुभन्दा जातीय मुद्दामा आफ्नो भविष्य सुरक्षित देख्दैछन् ।












प्रतिक्रिया