काठमाडौं, १८ माघ । सर्वोच्च अदालतमा सिफारिस भएका दुई न्यायाधीशहरूलाई राष्ट्रपति विद्या भण्डारीद्वारा आज नियुक्त गरिएको छ ।
राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तेजबहाुर के.सी. र उच्च अदालत पोखराका मुख्य न्यायाधीश परुषेत्तम भण्डारीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो ।
राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा के.सी. र भण्डारीलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिको समुपस्थितिमा प्रधान न्यायाधीशले नवनियुक्त न्यायाधीशहरूलाई आजै सर्वोच्च अदालतको न्यायाधीश पदको पद तथा गोपनियताको शपथसमेत गराईएको छ ।











प्रतिक्रिया