४ मंसिर २०८३, शुक्रबार

कांग्रेस-माओवादीका डेढ सय कार्यकर्ता एमालेमा प्रवेश, झलनाथ खनालले यसरी भित्र्याए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १८ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको गृह जिल्ला इलाममा विभिन्न पार्टी परित्याग गरी १७५ जना एमालेमा प्रवेश गरेका छन् ।

संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान अन्तर्गत जिल्लाको निर्वाचन क्षेत्र १ स्थित लक्ष्मीपुर गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेता खनालले काँग्रेस, माओवादी र राप्रपा परित्याग गरेका ८६ घरका १७५ जनाभन्दा बढीलाई टिका र खादा लगाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् ।

नवप्रवेशीलाई स्वागत गर्दै नेता खनालले पार्टीमा अनुशासित भएर लाग्न निर्देशन दिए । र, उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाए ।

‘अब हुने निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ’

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले अब हुने निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्ने अवस्था आउने दाबी गरे । ‘अब हुने निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ’, उनले भने, ‘निर्वाचनपछि एमाले देशकै ठूलो पार्टी हुने र मुलुकलाई सफल तरिकाले हाक्नेछ ।’

नेता खनालले संविधान कार्यान्वयनका लागि आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै निर्वाचनपछि मात्रै संविधान संशोधन गर्न सकिने स्पष्ट पारे ।

काँग्रेस र माओवादी केन्द्रसँग देश विकास गर्ने कुनै नयाँ भिजन नभएको बताउँदै उनले सरकारले खुट्टा कमाएकाले अझै पनि निर्वाचनको मिति घोषणा हुन नसकेको बताए ।

‘निर्वाचन घोषणा नगरे एमालेले देशव्यापी आन्दोलन सुरू गर्ने’

नेता खनालले सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे निर्वाचनको मिति घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै निर्वाचन नहुँदा मुलुकमा बेथिती बढेको उल्लेख गरे ।

अङ्गीकृत नागरिकलाई देशको प्रमुख पद दिन नसकिने बताउँदै उनले संविधान संशोधनको प्रस्ताव विदेशीको दबाबमा संसदमा दर्ता भए पनि कुनैपनि हालतमा पास हुन नदिने ठोकुवा गरे ।