४ मंसिर २०८३, शुक्रबार

निर्वाचन घोषणा गरे सरकारबाट समर्थन फिर्ता लिने मधेसी मोर्चाको धम्की

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्रीलाई चुनाव घोषणा गरे सरकारबाट समर्थन फिर्ता लिने धम्की दिएको छ ।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मधेसी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन नगरिकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्ध विच्छेद गर्ने र त्यसको विरुद्धमा आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

उनले भने, ‘विभेदकारी संविधान संशोधन नभइकन चुनावको मिति घोषणा गरे, हामी त्यसलाई कुनै हालतमा पनि मान्दैनौं, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरेर हामी आन्दोलनमा जान्छौं, सरकारसँगको सम्बन्धविच्छेद गर्छों ।’ महतोले जनताका मागहरु पूरा नगरिकन जबरजस्ती चुनाव गर्न खोजिए त्यो कदापि हुन नदिने चेतावनी दिए । ‘अब नो लटरपटर, पहिला परिमार्जनसहित संशोधन पास हुनुपर्छ,’ उनले थपे ।

महतोले परिवर्तनका एजेण्डाहरु सडकबाट आएको उल्लेख गर्दै भने, ‘यो देशमा परिवर्तनका एजेण्डाहरु सडकबाट आएका हुन्, संघीयता र गणतन्त्र कसको एजेण्डा हुन्, सडकको मत लिएको होइन र ?’

उनले अहिलेका प्रमुख दलहरु अन्तरिम संविधानबाट पनि पछि हटेको आरोप लगाए । महतोले थपे, ‘अब बेइमानी चल्दैन, यो चुनाव÷सुनाव देखाएर केही हुनेवाला छैन, चुनावको नाम जोडेर हामीलाई कसैले पनि लोकतन्त्रको पाठ नपढाए हुन्छ ?’ उनले प्रमुख दल काँग्रेस, एमाले र माओवादी केन्द्रले मधेशी जनताको अधिकारमा डकैती गरेको आरोप समेत लगाए ।