३ कार्तिक २०८३, मंगलबार

नेपाल बङ्गलादेश बैंकको ४२ औं शाखा पर्वतको कुश्मा बजारमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा पर्वत जिल्लाको कुश्मा न.पा.वडा नं. १० कुश्मा बजारमा आफ्नो ४२ औं शाखा संचालनमा ल्याएको छ ।

उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा कार्यक्रमका अध्यक्ष पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष हरि ओम शर्मा लामिछानेको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल रााष्ट्र बैँकका डेपुटी गर्भनर शिवराज श्रेष्ठद्धारा सोमबार गरियो ।

सोहि अवसरका बैंकको एटीएमको समुद्घाटन कार्यक्रमका विशिष्ट अतिथी पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीद्धारा गरिएको थियो । साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । यसअघि बैंकले आफ्नो ४१ औं शाखा मिति माघ ९ गते बझाङ्ग जिल्लाको चैनपुरमा सञ्चालनमा ल्याएको थियो ।

कुश्मा बजार शाखा सहित बैंकले ४२ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ३९ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

बैंकको आ.व. २०७३।७४ को दोश्रो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ४१.०३ अर्ब, कुल कर्जा ३६.२० अर्ब रहेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा रु.५४.०६ करोड रहेको छ ।