३ कार्तिक २०८३, मंगलबार

‘युएमआई’ मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ माघ । लेटेस्ट एण्ड ब्राण्डेड मोबाइलको कारोबारमा ख्याति कमाएको एप्पल वल्र्ड मोबाइल प्रालिले ग्राहकको अनुरोधमा पुनः एकपटक एक्सचेन्ज धमाका रिटर्न अफर ल्याएको छ ।

यही माघ १८ गतेबाट आगामी फागुन १० गतेसम्मका लागि ल्याइएको एक्सचेन्ज अफरको अवधीमा १ हजारभन्दा बढी मोबाइल एक्सचेन्ज हुने लक्ष्य लिइएको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलले अन्य बजारको भन्दा सस्तो मुल्यमा मोबाइलको कारोबार गरिरहेको छ ।

६० मिनेटमै मोबाइल मर्मतको सुविधा दिइरहेको एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टायन डेसम्मका लागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरीद गर्ने मौका प्रदान गरेको छ ।

यसैगरी एलजीको एल ६० मोबाइल किन्दा अर्को त्यही मोबाइल फ्रिमा दिने अफर पनि ल्याएको छ । त्यस्तै युएमआई ४ जिबी ¥याम र ६४ जिबी स्टोरेज रहेको सुपर मोबाइलको खरिदमा युएमआइकै लण्डन मोबाइल सित्तैमा दिने भएको छ ।

भ्यालेनटाइन डे नजिकिदै गर्दा आफ्ना प्रेमी प्रेमिकालाई उपहारस्वरुप प्रदान गर्न युएमआइ मोबाइल खरिद गर्न पनि एप्पल वल्र्डले आग्रह गरेको छ । जुनसुकै मोबाइलमा पनि विशेष छुट तथा मोबाइल मर्मतमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

दशैं र तिहारको समयमा मोबाइल खरिद गर्ने मध्ये एक जनाले बम्पर प्राइज जितेका छन् भने उनलाई सोमबार नै फसिनो स्कुटर प्रदान गरिएको छ । यसैगरी सामसुङको ४६ इन्च टिभी बेनु प्रसाइले पाइन ् । हुवावेको पि ९ मोबाइल कुमार चन्दले पाएका छन् ।

यसैगरी विभिन्न कम्पनीका मोबाइल तथा अन्य पुरस्कार पाउन सफल हुनेहरुमा खगनाथ नेपाल, प्रमोद न्यौपाने, गंगा कार्की, जनार्दन गौतम, विद्या लामा, पुष्पराज भट्ट, सुन्दर मल्ल, विवेक राई, मदन गिरी, देवेन्द्र डंगोल, विपिन कँडेल, सुजाता संयुक्ता रहेका छन् ।

बिजेताहरुलाई मिस नेपाल अस्मी श्रेष्ठ, नेपाली सिने क्षेत्रका कलाकार निरजन थापा, दिपक घिमिरे, फूटबलर अन्जन केसी लगायतले गरेका थिए ।