४ मंसिर २०८३, शुक्रबार

सुनसरीमा प्रहरी र तस्करबीच दोहोरो भीडन्त, तीनजना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १७ माघ । सुनसरीमा प्रहरी र लागुऔषध तस्करबीच भीडन्त हुँदा तीन जना घाइते भएका छन् ।

इटहरी– १४ को खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक लागूऔषधका कारोबारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो । घटनामा तस्करले पहिला प्रहरीमाथि चलाएका थिए । र, प्रहरीले जवाफी कारवाहीमा फायरिङ गरेको थियो ।

घटनामा प्रहरीको गोली लागेर मोरङका श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान घाइते भएको सुनसरी प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।

घाइतेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनास्थलमा कोरेक्स नामक लागूपदार्थसहित चारवटा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ ।