४ मंसिर २०८३, शुक्रबार

विदेशीको इशारामा भइरहेका गतिविधिको एमालेले प्रतिवाद गर्नेः भीम रावल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बौनिया, १७ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव देश टुक्राउने खेल भएको आरोप लगाउनुभएको छ ।

९० प्रतिशत जनप्रतिनिधिको सहभागितामा निर्माण भएको संविधान कार्यान्वयन नगर्दै संविधान संशोधन प्रस्ताव आउनु दुःखद भएको उहाँले बताउनुभयो ।

आइतबार बौनियामा प्रेस चौतारी कैलाली आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष रावलले विदेशी शक्तिहरुको इशारामा आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुने जिकिर गर्नुभयो । ‘संविधान संशोधन प्रस्तावले पहाड र मधेसी जनता बिच दुरी बढाउने काम गरेको छ ।’ पूर्व रक्षामन्त्री समेत रहेका रावलले भन्नुभयो– ‘संविधान निर्माणका बेला भारतबाट आएका दुतले संविधान जारी गर्ने प्रक्रिया रोक्न भनेका थिए । र, अहिलेको यो प्रस्ताव भारतको इशारामा ल्याएको छ ।’

संविधान संशोधनविरुद्ध जनतालाई सडकमा आउन समेत आग्रह गर्नुभयो । ‘संसारमा कहि पनि संविधानसभाबाट संविधान बनेपछि ताजा जनादेशमा नगई संशोधन भएको उदाहरण छैन,’ उपाध्यक्ष रावलल भन्नुभयो– ‘हामीले एकपल्ट संशोधन गरिसक्यौँ, अब निर्वाचमा जाऔँ अनि ताजा जनादेशअनुसार आवश्यक कुराहरु गरौंला ।’ निर्वाचनका लागि संविधान संशोधन आवश्यक नभएको भन्दै उहाँले मधेसी मोर्चाका नेताहरुलाई तराई मधेसका जनताप्रति विश्वास छ भने आफ्ना एजेण्डा बोकेर निर्वाचनमा जान चुनौती दिनुभयो । पूर्व उपप्रधानमन्त्री रावलले संविधान संसोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन नदिने बताउनुभभयो । वर्तमान सरकारले भारतको इशारामा काम गरिरहेको आरोप लगाँउदै उहाँले बिदेशीको ईसारामा भईरहेका हरेक गतिविधीको एमालेले प्रतिवाद गर्ने बताउनुभयो । देशमा सकारात्मक वातावरण आवश्यक भएको भन्दै उँहाले नेपालको संविधानले सम्पुर्ण जात, जाती, वर्गका हक अधिकारहरु सुरक्षित गरेको बताउनुभयो ।

आगामी बैशाख महिनासम्म निर्वाचन नभए मुलुक ठुलो दुर्घटनामा जाने चेतावनी दिनुभयो । उहाँले स्थानीय र प्रतिनिधि सभाको निर्वाचन एकैचोटि गरेर भएपनि तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । संविधान संशोधनले मुलुकलाई निर्वाचनमा जान नदिने र राजनीतिक शुन्यता ल्याएर देशलाई दुर्घटना तिर लाने प्रयास भएको आरोप लगाउनुभयो ।

यस्तै उहाँले कैलाली र कञ्चनपुरको विवाद संघीय आयोग अनुुसार मिलाउने भनेर काँग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो । प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले संघीय आयोगबाट कैलाली र कञ्चनपुरको विवाद मिलाउने भनेर गरेको सहमति मन्त्रिपरिषदबाट गोप्य रुपमा पारित गरेको दाबी गर्दै उपाध्यक्ष रावलले भन्नुभयो, त्यस तर्फ जनताले जागरुक हुन आवश्यक छ ।

यस्तै उहाँले टीकापुर घटना जघन्य, नृशंस र विभत्स हत्याकाण्डलाई राजनैतिक खोल ओढाएर संरक्षण गर्न नपाईने भन्दै मुद्धा फिर्ता लिएर दण्डहीनतालाई प्रश्रय दिन नहुने बताउनुभयो । विभत्स किसिमले भएको हत्याकाण्ड राजनैतिक घटना हुन नसक्ने बताउदै नेता रावलले अमानवीय घटनाका सबै दोषीलाई कानुनी रुपमा कारबाही गरिनुपर्ने बताउनुभयो ।