
काठमाडौं, १७ माघ । एमाले निकट युवा संघका नेपालका अर्का नेतामाथि आइतबार राति संघातिक आक्रमण भएको छ ।
अज्ञात समूहको आक्रमणबाट युवा संघ धरान नगर इञ्चार्ज दिवस राई गम्भीर घाइते भएका छन् । उनको बीपी अस्पतालमा उपचार भइरहेको युवा संघका नेता अनमोल अविनाशले दैनिक नेपाललाई जानकारी दिए ।
यसैबीच युवा संघ नेपाल केन्द्रीय समितिले तत्काल अपराधीलाई पक्राउ गरि कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।
यसअघि रुपन्देहीमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या र बाँके इन्चार्ज सन्तोष बुढामगरमाथि आक्रमण भइसकेको छ । यी दुबै घटनाको सत्य तथ्य अहिलेसम्म बाहिर आउन नसकेका बेला पूर्वमा पनि युवा संघका स्थानीय नेतामाथि हमला भएको हो ।











प्रतिक्रिया