४ मंसिर २०८३, शुक्रबार

एमाले बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर : पति मोहन पालका साथ नीरु पाल

काठमाडौं, १७ माघ । नेकपा (एमाले)का बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक परेको छ ।

भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको आज बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिनुभयो ।

आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो ।

उहाँलाई थप उपचारका लागि आज बिहान काठमाडौं ल्याउने तयारी हुँदाहुँदै सोही अस्पतालमानै निधन भएको हो । एमाले नेता पालको श्रीमती र दुई छोरा छन् । रासस