काठमाडौं, ७ माघ । आन्दोलन घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग प्रधानमन्त्री पुष्पकमल दाहालले वार्ता गर्दैछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भरखरै सुरु भएको वार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, स्थानीय निर्वाचन, संविधान संशोधनका विषयमा छलफल हुने बुझिएको छ ।
बैठकमा मधेसी मोर्चाका साथै प्रधानमन्त्री दाहालले कांग्रेस र आफ्नो दल माओवादी केन्द्रका नेताहरूलाई पनि बोलाएका छन् ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले वार्ताका लागि मधेसी मोर्चालाई बिहान नौँ बजे बालुवाटार बोलाएको जानकारी दिए । उनले भने, ‘बैठकका एजेन्डाका विषयमा केही बताइएको छैन ।’
स्रोतका अनुसार आजको बैठकमा सत्तापक्षमा स्थानीय निर्वाचनको मिति अगाडि ल्याइए मधेसी मोर्चाले ठाडै अस्वीकार गर्नेछ ।











प्रतिक्रिया