४ मंसिर २०८३, शुक्रबार

मोर्चाकै सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिनेः नेता पुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), १६ माघ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले मधेशी मोर्चासँग छलफल गरी अबको केही दिनमै निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ ।

कपिलवस्तुको चन्द्रौटामा मुस्लिम मुक्ति मोर्चा ५ नम्बर प्रदेशस्तरीय एकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले निर्वाचन सम्बन्धी कानुनी अड्चनका कारण गत माघ १४ गते घोषणा गरिने भनिएपनि सरकारले अब छिट्टै नै निर्वाचनको मिति तय गरिने तयारीमा जुटेको खुलासा गर्नुभयो । नेता पुनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै नेता पुनले यस संविधानले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता, समानुपातिकता र सहभागिता सबै कुरा समेटेको उल्लेख गर्दै सबैलाई कार्यान्वयन गर्नुपर्ने जिकिर गर्नुभयो ।

संविधान संशोधनले मुस्लिम मधेशी थारु समुदायलाई समेटेको र केही आशा समेत पलाएको अनुभव भएको पुनले वताउनुभयो । मुस्लिम समुदायहरुलाई पार्टीले प्राथमिकतामा राखेर नेतृत्व दिने पक्षमा रहेकाले मुस्लिम मुक्ति मोर्चा नेपाललाई जनतासँगको सम्पर्क बढाउन उहाँले अनुरोध गर्नुभयो । पूर्व अर्थमन्त्री पुनले सबभन्दा पहिला संगठन विस्तार गरी जनताको हितको लागि काम गर्नुपर्ने वताउनुभयो । भेलाले ५ नम्वर प्रदेशको करम हुसेनको संयोजकत्वमा १०१ सदस्य समिति गठन समेत गरेको बताइएको छ ।

कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरुले जिल्लाको सांगठनिक संरचना र संगठनले गरेका कामका बारेमा गराएका थिए । अधिकांश बक्ताहरुले अल्पसंख्यक मुस्लिम समुदायका हकअधिकारका बारेमा चर्चा गरेका थिए । मुस्लिम मुक्ति मोर्चा नेपालका केन्द्रिय अध्यक्ष अतहर हुसेनले अब मुस्लिम वर्ग एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले घर घरमा पुगी संगठन सबलीकरण र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।