१ कार्तिक २०८३, आइतबार

मिस दाङ बनिन् घोराहीकी चाँदनी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । चाँदनी मल्ल मिस दाङ–२०१६ बन्नुभएको छ । पेज थ्री ईन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मीस दाङ–२०१६ मा घोराही–१० नयाँवजारकी मल्लले मीस दाङ–२०१६ को ताज पहिरिनुभएको हो ।

जिल्लाका विभिन्न स्थानका १३ जना प्रतिप्रधीहरुलाई पछाडि पार्दै मल्लले मीस दाङ–२०१६ को उपाधी जीत्नुभएको हो । प्रतियोगीताको फस्ट रनरअपमा रजनी बर्मा र सेकेण्ड रनरअफ जेनी राना रहनुभएको छ ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा आयोजीत फाइनल प्रतियोगीतामा अमृता झाँक्री मगरले मीस कन्फिडेन्ट र मीस फेन्ली, जेनी रानाले मीस क्याटवाक, रजनी वर्माले मीस पर्फमेन्स, रिचा बुढाथोकीले मीस ट्यालेन्ट, सञ्जु चौधरीले मीस फोटो जेनिक, मीना बुढामगरले मीस पपुलर, बिनिका श्रेष्ठले मीस डिसिपिलिन, सुस्मिता रावतले बेष्ट स्माइल र बेष्ट हेयर, सम्झना रावतले बेष्ट पर्सनालिटी र अस्मिता थापाले वेष्ट फिगर अवार्ड प्राप्त गर्नुभएको छ ।

पूर्व मीस नेपाल सुगारिका केसी, निर्देशक हेमराज बिसी, नृत्याङ्गना पूर्णीमा श्रेष्ठ र संगीतकार तथा गायक हर्कुलिस बस्नेत निर्णायक रहेको
प्रतियोगीता पेज थ्रीका नरेश बिकेलेको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगीताको सहजीकरण कृति भट्टराईले गर्नुभएको थियो ।

अस्मिता रावत बनिन् मेरो दाङ मीस पपुलर

मीस दाङ–२०१६ का प्रतियोगीलाई समावेस गरेर मेरा दाङ डट कमले आयोजना गरेको फोटो कन्टेष्टमा १३ जना प्रतिप्रधीलाई उछिन्दै नारायणपुरकी अस्मिता रावतले बेष्ट पपुलर अवार्ड हात पार्नुभएको छ । उहाँलाई मोवाइल बजारले स्मार्टफोन, भिंग्रेली भिलेजले गिफ्ट ह्याम्पस उपलब्ध गराएको छ ।