३ कार्तिक २०८३, मंगलबार

मर्जर नसकिदै एनसीसी बैंकमा लफडा, कुरा अख्तियारसम्म पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं माघ १६ । नेपाल क्रडिट एण्ड कमर्श (एनसीसी) बैंकभित्र दुईजना डेपुटी सीईओ नियुक्त गरेपछि विवाद सुरु भएको छ ।

राष्ट्रियस्तरका चारवटा विकास बैंकहरु एपेक्स, सुप्रिम, इन्टरनेशनल र इन्फ्राष्ट्रचर डेभलपमेन्ट एनसीसीमा गाभिएको १ महिना नवित्दै बैंकको कर्मचारी व्यवस्थापन विवाद राष्ट्र बैंक र अख्तियारसम्म पुगेको हो ।

अंगेजी नयाँ वर्षको दिन एकीकृत कारोबार सुरु गरेको एनसीसी बैंकको संचालक समितिले मर्ज भएको एक हप्ता नबित्दै डिजिएम बन्दना पाठकलाई डेपुटी सीइओ नियुक्त गरेको थियो । र, संचालक समितिको सोही बैठकले मर्ज भएको सुप्रिम डेभलपमेन्ट बैंकका सीइओ रहेका रेवन्तकुमार दाहाललाई पनि डेपुटी सीईओ नियुक्त गर्यो । संचालकहरु समेत पाठक र दाहालको पक्ष विपक्षमा बाँडिएका छन् । असन्तुष्ट भएका बैंकका केही पदाधिकारी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका हुन् ।