एजेन्सी । डाक्टरबिना पनि अन्धोपन हटाउन सकिन्छ ? यो भन्न मुस्किल छ । तर, ८० वर्षीया महिला आफ्नो जिब्रोले आँखामा चाटेर मानिसको अन्धोपन हटाउँछिन् । उनको यो कार्यलाई मानिस दैवी शक्ति हो कि पनि भन्ने गर्छन् ।
यस्ती अनौंठी महिला यूरोपको बोस्नीया एण्ड हर्जगोभियामा छन् । आफ्नो जिब्रोले यीं बृद्धा मानिसको जिन्दगीमा रोशनी भर्दैछिन् । हव सेलेविक नामकी तीं महिलाले आजसम्म पाँच हजार भन्दा बढी मानिसको उपचार यसरी नै गरेकी छन् ।
यीं संसारकै यस्ती महिला हुन् जोसँग यस्तो अनौंठो शक्ति छ । यसका लागि उनी १० यूरो अर्थात लगभग ७५० रुपैयाँ लिने गर्छिन् । उनी अब आफ्नो बच्चाहरुलाई भने यो उपचार सिकाउन सक्ने अवस्थामा छैनन् । उनका छोराछोरीहरुलाई यो कार्य फोहोर लाग्ने गरेको उनी बताउछिन् ।
उनलाई आफ्नो मृत्यु भएपछि मानिसहरु आफ्नो जिब्रो काट्ने हुन् कि भन्ने डर पनि उनलाई रहेको छ । उनी भन्छिन्– ‘जिब्रोले मानिसको आँखामा परेको धुलोमाटो, विकार चिज, धातू वा सिशासम्मका पदार्थहरु बाहिर निकाल्छ ।’ यसका लागि उनी मदिराले आफ्नो मुख सफाई गर्छिन । उनले यो तरिका एक अर्को महिलाबाट सिकेको उनी बताउँछिन् ।


















प्रतिक्रिया