४ मंसिर २०८३, शुक्रबार

भारतीय गणतन्त्र दिवसमा नेपाल–भारत सीमामा खुसी साटासाट (फोटो फिचर)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १४ माघ । मित्रराष्ट्र भारतको ६८ औं गणतन्त्र दिवसको अवसर पारेर नेपाल भारत सीमा क्षेत्र बेलहियामा नेपाल र भारतका नागरिकले खुसी साटासाट गरे ।

विहीबार बेलहियामा सम्पन्न उक्त कार्यक्रममा दुबै देशका नागरिक, सांसद, उद्योग वाणिज्य संघका नेता तथा पत्रकारहरुले खुसी साटासाट गरेका हुन् ।

नेपाल भारत मैत्री संघ बेलहिया उपशाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपालको व्यवस्थापीका संसदका सांसद ईस्तियाक अहमद खानले मित्रराष्ट भारतको गणतन्त्र दिवसको अवसरमा सीमावर्ति नेपालीहरु र सीमावर्ति भारतीयहरुबीच सम्बन्ध सुदृढिकरणमा ठूलो टेवा दिएको जनाए ।

सांसद खानले भने मित्रराष्ट भारतले ६८ औं गणतन्त्र दिवस मनाइरहदा हामी नेपालीहरु संविधानको कार्यन्वयनको चरणमा छौं । यस्तो अवस्थामा भारतीय नागरिकको सकारात्मक सहयोगले हामीलाई उत्साह सृजना गर्नेछ ।

उपशाखाका अध्यक्ष श्रीचन्द गुप्ताको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोरखा भुपु सैनिकका क्याप्टेन डम्बर गुरुंगले नेपाल र भारतका जनताको सम्बन्ध सदियौंदेखी रहदै आएको जनाउदैं नेपाली जनताले हाम्रो(भारत) देशको गणतन्त्र दिवसमा सीमामा खुसीयाली मनाउनु महत्वपुर्ण भएको जनाए ।

सो अवसरमा नेपाल भारत मैत्री संघका केन्द्रिय पुर्व अध्यक्ष मुरारी अग्रवालले दुई देशीय नागरीकको सम्बन्ध अजर र अमर भएको जानकारी गराउदैं त्यसलाई अझै मजबुत बनाउन यस्ता कार्यक्रम फलदायी हुने जनाए ।

उपशाखाका सहसचिव गंगाराम पराजुलीले सन्चालन गरेको उक्त कार्यक्रममा भारतीय अतिथीहरु भारतीय उद्योग व्यापार मण्डलका अध्यक्ष विजय रौनियार, भारतीय सेना मनोज राना, सुनौली ग्रामका पुर्व प्रधान रामानन्द रौनियार र नेपालको तर्फबाट नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य उमापति न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्मा, रुपन्देही शिक्षक संघ पुर्व अध्यक्ष शिबप्रसाद अग्रहरी, दुर्गा बहादुर क्षेत्री, राजु गुप्ता, नेपाल भन्सार एजेन्ट संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, बेलहिया गाऊ समाजका पुर्व अध्यक्ष सुरेन्द्र क्षेत्री, इलका प्रहरी कार्यलयका प्रहरी निरीक्षक मनोहर श्रेष्ठ, राजस्व एवं भन्सार गस्ती गुल्मका प्रमुख डिएसपी शोभाकान्त खनाल, उपशाखाका वरिष्ठ उपाध्यक्ष देवेन्द्र सिंह राठौर लगायतले शुभकामना मन्तब्य राख्दै नेपाल भारतको सम्बन्ध सधै सुमुधुर राख्नुपर्नेमा जोड दिए ।

सो अवसरमा दसगजा क्षेत्रमा नेपाल भारतबाट ओहोर दोहर गर्ने सर्वसाधरण गर्ने मिठाई समेत वितरण गरेको थियो ।