काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रामेश्वर फुयाँलले अब कुनै हालतमा पनि संविधान संशोधन प्रस्ताव पारित हुन नसक्ने ठोकुवा गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा एमाले रणनीति सुनाउँदै फुयाँलले अहिले अघि सारिएको संशोधन प्रस्तावले समस्याको समाधान समेत नगर्ने जिकिर गर्दै भने- ‘यो प्रस्तावले समस्याको समाधान गर्दैन् ।’
उनले चुनाव गराउनको लागि प्रचण्ड नेतृत्वको वर्तमान सरकारले ढिलासुस्ती गरिरहेको समेत आरोप लगाए । तर, उनले चुनाव गराउन सरकारलाई दबाब दिनको लागि पनि आफ्नो पार्टीले संसद अवरुद्ध गर्ने बताए ।
उनले भने- ‘चुनावको मिति घोषणा गराउनको लागि एमालेले संसद अवरुद्ध गर्छ, हामी यो सरकारलाई बाध्य पार्छौं ।’ निर्वाचनको घोषणासँगै संशोधन विषय आझेलमा पर्ने एमाले रणनीति रहेको उनले स्पष्ट पारे ।
त्यस्तै उनले राजनीतिक दलको मान्यताप्रप्त गर्न कम्तिमा ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्नेबारे आफ्नो पार्टीले संशोधन प्रस्ताव हाल्ने समेत जनाए ।












प्रतिक्रिया